आइतबार, असोज ४, २०८३

दमौलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

 |  बुधबार, भदौ १८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १८, २०८२

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो। 

गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन्। निजलाई उपचारार्थ पोखरा पठाइएको छ।

प्रकाशित: Sep 03, 2025| 10:54 बुधबार, भदौ १८, २०८२
प्रतिक्रिया दिनुहोस्