शुक्रबार, भदौ १२, २०८३

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

 |  मंगलबार, भदौ १७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १७, २०८२

काठमाडौं । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालीकोटको गगने खोलामा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको छ।

मंगलबार साँझ वर्षाले फेरी गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतले बताए।

अहिले अत्यधिक वर्षा भएकोले गगने खोलामा पहिरो खसेको छ। गाडी चल्न सक्ने अवस्था छैन।

पहिरो बगिरहेकोले काम गर्न पनि कठिन छ। उनले भने, दिनमा चार दिनदेखि रोकिएका सबै गाडीहरु पठाउने काम भयो। अहिले फेरी पहिरो खसेको छ।

प्रकाशित: Sep 02, 2025| 20:53 मंगलबार, भदौ १७, २०८२
प्रतिक्रिया दिनुहोस्