बिहीबार, फागुन २८, २०८२

रसुवागढीमा सुख्खा पहिरोः एक घाइते, भवनमा क्षति

 |  आइतबार, भदौ १५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १५, २०८२

रसुवा । रसुवागढी क्षेत्रमा आज गएको सुख्खा पहिराका कारण एक युवा घाइते भएका छन् भने केही घरटहरामा क्षति पुगेको छ।

National life

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार स्थानीय ‘वर्कसप’मा काम गर्ने पर्सा जिल्ला पटेरूवा सुगौली गाउपालिका-२ का करिब १९ वर्षीय विमलदास थारू सुख्खा पहिरोमा परी घाइते हुनुभएको हो।

टाउको र छातिमा गम्भीर चोट लागेका उहाँको जिल्लास्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।

रसुवागढी पूर्वतर्फको पहाडबाट झरेको सुख्खा पहिराले गत असार २४ पछि सडक अवरूद्व भएको छ। यसैगरी गढी इलाकामा रोकिएका स्काभेटर, ट्रयक्टर, कन्टेनर, स्कारपियो जीप, सुरक्षाकर्मी बस्ने प्रिफेब भवन, सीमा क्षेत्रस्थित ‘हेल्थ डेस्क’ र चिया पसलमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख शाहीले जानकारी दिए।

सीमा सुरक्षाका लागि रसुवागढी नाकामा तैथान सुरक्षाकर्मी पहिरो आउन थालेपछि ल्हेन्देखोलाको बगरतर्फ भागेर बच्न सफल भएको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

हिमताल फुटेर ल्हेन्देखोलामा आएको बाढीबाट त्रसित यहाँका स्थानीय, व्यावसायी, राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मी, मजदूर र पैदलयात्रुले समेत सुख्खा पहिरोका कारण पुनः असुरक्षित हुनुपरेको गुनासो गरेका छन्। यसैगरी सुख्खा बन्दरगाह क्षेत्रसहित रसुवागढी आसपासमा रहेका चारपाङ्ग्रे सवारीसाधनमा पहिरोले क्षति पु¥याउन सक्ने भन्दै समयमै उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ।

प्रकाशित: Aug 31, 2025| 17:51 आइतबार, भदौ १५, २०८२
प्रतिक्रिया दिनुहोस्