बिहीबार, पुस १७, २०८२

भृकुटीमण्डपमा हुँदैछ अहिंसा फेस्टिभल

 |  बुधबार, भदौ ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ११, २०८२

काठमाडौं । नेपाल शाकाहारी संघले आयोजना गर्ने ‘अहिंसा महोत्सव नेपाल’ (अहिंसा फेस्टिभल नेपाल)को तयारी पूरा भएको छ। महोत्सव नेपाल प्रहरी क्लब प्रदर्शनीमार्ग, भृकुटीमण्डप काठमाडौँमा भदौ १२ गते बिहीवारदेखि भदौ १४ गते शनिबारसम्म  आयोजना हुनेछ। 

National life

'करुणाले जोड्छ’ भन्ने मुल नारासहित सम्पन्न हुन लागेको महोत्सवमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पशुपक्षी प्रेम, मानव स्वास्थ्यको ख्याल गर्ने र पृथ्वी/वातावरणको हितका लागि ‘पूर्ण शाकाहारी’ जीवनशैली प्रवद्र्धनार्थ यो कार्यक्रमको मुख्य उदेश्य बताइएको छ।

महोत्सवले अहिंसाका मूल्य र शाकाहारी जीवनशैलीमा रुचि राख्ने पशुमुक्ति अभियन्ता, विभिन्न संघसंस्था र समुदायलाई जोड्ने अपेक्षा राखेको छ। कार्यक्रमका प्रमुख आकर्षणमा दिगो जीवन पद्धति, शाकाहारी जीवनशैली र पशु अधिकारसम्बन्धी अन्तरक्रिया रहने नेपाल शाकाहारी संघका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए। 

त्यस्तै, कार्यक्रममा भरतनाट्यम नृत्यलगायत साङ्गीतिक प्रस्तुति, योग सत्र, देशविदेशका अभियन्तासँग प्रत्यक्ष भेटघाट र अनुभव आदानप्रदान, शाकाहारी परिकार तथा पकाउने विधिको प्रदर्शन र विशेष रात्रिभोज रहनेछन्। महोत्सवमा पूर्ण शाकाहारी (भिगन) खानाहरूको समेत स्टल रहनेछन्। केहि स्टलमा निःशुल्क रूपमा भिगन खाना चाख्ने स्किमको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

महोत्सवमा ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अनुमान रहेको छ। त्यस्तै, महोत्सवमा खाना लगायत शाकाहारी उत्पादनका ६० भन्दा बढी कक्ष, ४० भन्दा बढी वक्ता र २० भन्दा बढी सहभागी संस्था रहनेछन्। जसमा अन्तर्राष्ट्रिय वक्ताहरूसमेत रहनेछन्। संघले २०७४ सालमा पनि काठमाडौँमा ३५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आठौँ एसिया–प्यासिफिक भेजिटेरियन कांग्रेस (एपिभिसी) सफलतापूर्वक आयोजना गरेको थियो। 

Laxmi sunrise bank

शाकाहार र अहिंसा प्रवद्र्धनको क्षेत्रमा शाकाहारी संघ झन्डै दुई दशकयता नेपालभित्र अनेकन् गतिविधिमा क्रियाशील रहेको छ। कार्यक्रमको सह–आयोजकमा काठमाडौं एनिमल सेभ मुभमेन्ट, समस्त महाजन, श्रीकृष्ण प्रणामी समाज र वल्र्ड भिजन अर्गनाइजेसन रहेका छन्। कार्यक्रम प्रायोजकमा वल्र्ड भिगन भिजन र म्याजिक मार्बल फाउन्डेसन रहेका छन्।

609a580e-5c01-43f2-be2e-df016b149f67-1756286250.jpeg
 

प्रकाशित: Aug 27, 2025| 15:02 बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्