शनिबार, जेठ ३०, २०८३

सुरु भयो तिज, आज दर खाने दिन

 |  सोमबार, भदौ ९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ९, २०८२

काठमाडौं- नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ।

National life

भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ। दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ। तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको रहेको पाइन्छ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ।

Shivam cement

प्रकाशित: Aug 25, 2025| 09:00 सोमबार, भदौ ९, २०८२
प्रतिक्रिया दिनुहोस्