NadaNada
आइतबार, भदौ ८, २०८२

गलैँचा बुनेर आम्दानी गर्दै माझी महिला

 |  आइतबार, भदौ ८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ८, २०८२

vianetvianet

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिलाहरू गलैँचा बुनेर आम्दानी गर्न थालेका छन्। ती मध्येकी एक हुन्, पविना माझी। उनी लामो समयसम्म माछा मार्ने र हिउँदभरि खोलामा बालुवा चालेर जीविकोपार्जन गरिरहेकी थिइन्। पछिल्लो दुई वर्षयता भने गलैँचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको माझीले बताइन्। 

पविना जस्तै यहाँका धेरैजसो माझी समुदायका महिलाहरूले गलैँचा बुन्ने सीपबाट आम्दानी गरिरहेकी छन्। पुख्र्यौली पेसा खोलामा माछा मार्ने, बालुवा चाल्ने कामले घरायसी जिम्मेवारी चलाउन, छोराछोरीलाई पढाउन र आधारभूत आवश्यकता पूरा गर्न पनि धौधौ हुन्थ्यो, तर गलैँचा बुन्ने सीप सिकेपछि जीवनयापनमा सहज भएको  स्थानीय सोममाया माझीले बताइन्। खेतीपाती र घरायसी काम सकेर बिहान र बेलुकीको समयमा गलैँचा बुन्दा महिनामा कम्तीमा १० हजार कमाई हुने गरेको उनले सुनाइन्।

नगरपालिका वडा नं ११ अध्यक्ष रोशन गिरीले यहाँका ६० घरपरिवारलाई वडा कार्यालयले निःशुल्क वितरण गरेको तानबाट गलैँचा बुन्ने काम भइरहेको बताए। उनले यसरी बुनिएका गलैँचा राजधानी काठमाडौं लगेर बिक्री गर्ने र कच्चापदार्थ पनि सोही ठाउँबाट आउने व्यवस्था मिलाइएको जानकारी दिए। 

'हाल यहाँका २० वर्षदेखि ५० वर्ष उमेर पुगेकाहरू पनि गलैँचा बुन्नमा व्यस्त हुन्छन्। महिलाहरूलाई पुरुष सदस्यले पनि साथ दिन थालेका छन्। यसले आम्दानीको आधार बनेको छ', वडाध्यक्ष गरिरीले भने, 'महिलाको सीप विकास र क्षमता अभिवृद्धि गरेरै उनीहरूलाई उद्यमी बन्न प्रेरित गरिरहेका छौँ। यो वर्ष थप ४० थान तान वितरण गरिएको छ। यसलाई निरन्तरता दिन्छौं।'

माझी समुदायका महिलाहरुले गलैँचा बुनेर पैसा कमाउन थाले पनि भीमटारका अन्य समुदायका महिलाले पनि गलैँचा बुन्न सिक्न थालेका छन्। यसले बिस्तारै महिला आर्थिक उन्नति गर्दै आत्मनिर्भर बन्न थालेका छन्। 

Metro Mart

नगरप्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाले समृद्ध नगर निर्माणका लागि पर्यटन, कृषिसँगै स्थानीय उत्पादन र सीपलाई विशेष जोड दिएको बताउनुभयो। युवा, महिला, पिछडिएको वर्गलाई लक्षित गर्दै  विभिन्न सीपमूलक कार्यक्रम गर्दै रोजगार सिर्जनाको प्रयास भइरहेको उनको भनाइ छ। 

प्रकाशित: Aug 24, 2025| 19:55 आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए। गला अवरुद्ध भए। यो प्रतिनिधि गीत केवल गीत मात्रै...