मंगलबार, असोज ६, २०८३

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

 |  आइतबार, भदौ ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ८, २०८२

काठमाडौं- लुम्बिनी प्रदेश सरकारले थारू समुदायको अटवारी पर्वका अवसरमा आइतबार(आज)सार्वजनिक बिदा दिएको छ। लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिएको हो।

थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको हो।

पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन्। यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ। यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्ने गर्दछन्।

शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन रहेको छ।

प्रकाशित: Aug 24, 2025| 08:48 आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्