शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कृषि तथा पशुपन्छी सेवा केन्द्र उमहानगरपालिकालाई हस्तान्तरण

कृषि तथा पशुपन्छी सेवा केन्द्र उमहानगरपालिकालाई हस्तान्तरण

 |  बिहीबार, भदौ ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ५, २०८२

जनकपुर। अब जनकपुरधाम उपमहानगरपालिकासहित धनुषा जिल्लाका किसान एवम कृषकहरु लाभान्वित हुने भएका छन्।

National life

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१७ मा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बिहीबार जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास योजना अन्तर्गत आर्थिक करिडोर कार्यालय बर्दिवासले २ करोड ४० लाखको लागतमा निर्माण गरेको उक्त भवन जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष मेयर मनोज कुमार साहलाई हस्तान्तरण गरेका छन्। 

भवनको स्वामित्व ग्रहण गर्दै नगरप्रमुख साहले जनकपुरधामसहित धनुषाका ग्रामीण क्षेत्रका कृषकाहूरुका लागि जनकपुर पुग्नुपर्ने बाध्यता हटेको बताए।

उनले अहिलेका लागि तीन जना पशु चिकित्सकसहित प्राविधिक विज्ञलाई आजकै दिनबाट काम गर्नेगरी उक्त कार्यालयमा राखिएको जानकारी दिए। मेयर साहले यस कार्यायलबाट माटो परीक्षण पनि हुने भएकाले कृषकहरुकालागि खुसीको कुरा भएको बताए। 

Laxmi sunrise bank
kumari

मेयरसाहले आगामि बजेटमा यस कार्यालयका लागि विशेष बजेट छुट्टयाएर थप सेवा सुविधा प्रदान गर्ने आश्वासन दिए। उक्त  भवनमा कृषि तथा पशुपन्छी सेवामा आवश्यक प्रयोगशाला, प्राविधिक उपकरण, तालिम हललगायतका सेवाहरु उपलब्ध रहेको छ। 

प्रकाशित: Aug 21, 2025| 18:54 बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्