बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कोशी, बागमती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

कोशी, बागमती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

 |  बिहीबार, भदौ ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ५, २०८२

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालमनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ। जसका कारण नेपालमा मनसुन कमजोर रहेको छ। यद्यपी बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको छ।

National life

महाशाखाका अनुसार अहिले कोशी प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ भने बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तै,आज दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै,कोशी प्रदेशको तराइ र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिँदै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

 

Laxmi sunrise bank

 

 

प्रकाशित: Aug 21, 2025| 07:28 बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्