शनिबार, कात्तिक २९, २०८२

कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

 |  बुधबार, भदौ ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

किमाथाङ्का (सङ्खुवासभा) । जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना कैदीको मृत्यु घटना प्रकरणको मुद्दा फैसलामा ढिलाइ भएको छ। 

National life

गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद  भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाशतोलाङ्गी र नुवाकोट जिल्ला, ककनीगाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको  कुटपिटबाट मृत्यु भएको थियो। सुरक्षाकर्मी र कैदीको कुटपिटबाट मारिएका दुई कैदीका परिवारले अझै न्याय पाउन सकेका छैनन्। उक्त मुद्दा दुई वर्षदेखि अदालतमा विचाराधीन छ। 

दुई जना कैदीको मृत्यु घटना प्रकरणको मुद्दा पटक पटक पेशी सर्दै आएको छ। दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटना प्रकरणमा थप सुरक्षाकर्मी र कैदीसहित १५ जनासँग बयान भइसकेको छ। 

उक्त घटनामा एक जना चिकित्सकसहित हालसम्म ५७ जनासँग बकपत्र भएको जिल्ला अदालतका स्रेस्तेदार उज्ज्वल न्यौपानेले जानकारी दिनुभयो। यसबीचमा दुई जना न्यायाधीशको सरुवा भइसकेको छ। कारागारबाट भाग्न खोजेको आरोपमा दुई कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागारभित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देखिएको थियो। 

कैदी हत्या घटनामा कारागारका तत्कालीन इञ्चार्ज सहायक निरीक्षक लक्ष्मी चौधरीसहित सात प्रहरी र चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राईसहितका कैदीको संलग्नता देखिएको थियो। 

Laxmi sunrise bank
kumari

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो। कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात जना प्रहरी र आठ जनालाई घटनामा संलग्न भएको आरोपमा २०८० भदौ २७ गते पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। जिल्ला अदालतले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाउन आदेश दिएको थियो।

प्रकाशित: Aug 20, 2025| 19:06 बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्