शनिबार, जेठ ३०, २०८३

झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

 |  मंगलबार, भदौ ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३, २०८२

झापा- जिल्लाको ग्रामीण क्षेत्रमा विद्युतको असुरक्षित प्रयोगका कारण विद्युत् प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ। जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए।

National life

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन्।

करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उनले बताए। अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन। अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसले अकालमै मृत्युवरण गरिरहेका छन्। प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ।

यसैबीच मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको घरमै करेन्ट लागेर मृत्यु भएको छ। बिग्रिएको टेबल पङ्खा मर्मत गर्ने क्रममा सोमबार साँझ अचानक करेन्ट लागेर अचेत भएका राजवंशीलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारीमा पुर्‍याइएको थियो। उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 19, 2025| 08:58 मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्