NadaNada
सोमबार, भदौ २, २०८२

पहिरोले दार्चुला-गोकुेलेश्वर सडक अवरुद्ध

 |  सोमबार, भदौ २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २, २०८२

vianetvianet
Metro Mart

खलङ्गा- पहिराले दार्चुला–गोकुेलेश्वर सडकअन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आज बिहानदेखि  शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सिमानामा पर्ने तेर्छ्यालेक  रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधन आवतजावतमा समस्या भएको छ।

निरन्तर ढुंंगा र लेदो बगेका कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ। गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुंगा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। 

जिल्ला सदरमुकाम खलंगाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन्। रासस

प्रकाशित: Aug 18, 2025| 12:05 सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्