शनिबार, कात्तिक २९, २०८२

दसैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

 |  आइतबार, भदौ १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपटक दसैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जानकारी दिएको छ। 

National life

आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले दसैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताएका हुन्। 

उनले भने, ‘इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम हाम्रोमा छ। यसपालीको दसैं तिहारमा ठ्याक्कै भाडा बढाउने योजना रहेको छैन,’ उनले भने। 

उनले व्यवसायीहरुलाई दसैं र तिहारको बेलामा मानिसको चहलपहल बढि हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए। 

उनले समितिमा मन्त्रालयको मातहतमा रहेका सडकहरू प्रदेश सरकारको निर्णयनुसार प्रदेशलाई हस्तान्तरण गर्ने बताए। 

Laxmi sunrise bank
kumari

‘पहिले यी सडक प्रदेशले हेर्नुपर्छ भनेर जबरजस्ती थुपारेको अवस्था थियो। अहिले उहाँहरुले निर्णय गरेपछि उहाँहरूलाई हस्तान्तरण गरेका छौं,’ उनले भने। 

यस्तै समितिमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पहिरोका बारेमा वर्षामा मात्र आवाज उठ्ने गरेको भन्दै यसमा गम्भीर हुन आग्रह गरे। 


 

प्रकाशित: Aug 17, 2025| 19:07 आइतबार, भदौ १, २०८२
प्रतिक्रिया दिनुहोस्