बुधबार, असार ३, २०८३

रिडी-तम्घास सडक अवरुद्ध

 |  बिहीबार, साउन २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २९, २०८२

गुल्मी- मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

National life

रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ।

निरन्तरको वर्षाले काममा अवरोध भएको छ। वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधनलाई सञ्चालनको अनुमति दिइने छ। यो सडक नखुलेसम्म पानीट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न उनले अनुरोध गरेका छन्।

Shivam cement

प्रकाशित: Aug 14, 2025| 10:00 बिहीबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्