शनिबार, कात्तिक २९, २०८२

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

 |  बुधबार, साउन २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०८२

म्याग्दी । यहाँको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन घाइते भएका छन्। 

National life

दरवाङदेखि रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नं को बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

दुर्घटनामा परी मालिका गाउँपालिका–५ की ४३ वर्षीया छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए। 

जिपका चालक मालिका–५ का ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी घाइते भएका छन्। घाइतेको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 13, 2025| 20:41 बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्