शनिबार, कात्तिक २९, २०८२

चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश

 |  बुधबार, साउन २८, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०८२

काठमाडौं । गुन्डागर्दी आरोपमा १५ साउनमा चक्रपथस्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे मिलन (मिलन गुरुङ)सहित १९ जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

National life

न्यायाधीश खिमानन्द भुसालले चक्रेलाई ३० हजार, अन्य आरोपितलाई १०–२० हजार धरौटीमा रिहा गर्ने फैसला गरेका छन्। 

पक्राउ परेकामा गणेशबहादुर बोगटी, नीराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का ‘रोजेश’, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा लगायत १९ जना छन्।

सरकारी वकिलले अभद्र व्यवहारको मुद्दामा एक वर्ष कैद र १० हजार जरिवाना माग गरेका थिए। अदालतले थुनछेक बहसपछि उनीहरूलाई धरौटीमा छाड्ने निर्णय गरेको हो। 

प्रकाशित: Aug 13, 2025| 18:19 बुधबार, साउन २८, २०८२
प्रतिक्रिया दिनुहोस्