मंगलबार, मंसिर २३, २०८२

व्यवस्थित बन्दै साप्ताहिक हाटबजार

 |  मंगलबार, साउन २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०८२

सिरहा- यहाँको गोलबजार नगरपालिकाअन्तर्गत सडकपेटीमा सञ्चालन हुँदै आएका साप्ताहिक हाटबजारलाई व्यवस्थित गर्न थालेको छ।

National life

नगरपालिकाले चोहर्वा र गोलबजारका हाट बजारहरूलाई पसलको व्यवस्था, आवागमनको बाटो, सरसफाइ र पार्किङ प्रणालीसहित सुधार थालेको हो। विगतमा सोमबार र बिहीबार चोहर्वा, तथा मंगलबार र शनिबार गोलबजारमा लाग्ने हाटबजार सडकको दायाँबायाँ अव्यवस्थित रूपमा फैलिँदा सवारी जाम, दुर्घटनाको जोखिम र किनमेलमा असहजता हुने गरेको थियो। स्थानीय सरकारको प्रयासपछि हाल बजार व्यवस्थित बन्दै गएको छ।

स्थानीय तरकारी व्यापारी महेश्वर यादवले भने, ‘पहिले हाटबजारमा सडकपेटीमै पसल राख्नुपथ्र्यो। भीडभाड यति धेरै हुन्थ्यो कि सामान राख्ने त के, उभिन पनि ठाउँ हुदैनथ्यो। अहिले नगरपालिकाले पसल राख्ने निश्चित स्थान तोकेको छ, जसले गर्दा सबैलाई सहज भएको छ।’

गोलबजार–९ का किसान जीवछ पासवानको पनि उस्तै भोगाइ छ।

‘हामी किसानहरू वर्षौंदेखि हाटबजारमै आफ्नो उत्पादन बेच्दै आएका छौँ। पहिले निश्चित ठाउँ नहुँदा जहाँ पाइयो, त्यहीँ पसल राख्थ्यौँ। अहिले स्थान तोकिएको छ, बाटो खुला छ, र ग्राहकलाई पनि सहज भएको छ, ‘ उनले भने।

Laxmi sunrise bank
kumari

बजार क्षेत्रको सरसफाइमा पनि विशेष ध्यान दिइएको छ। नगरपालिकाको सहकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, र स्थानीय स्वयंसेवकहरूले बजार व्यवस्थापनमा सहयोग गरिरहेका छन्।

गोलबजार नगरपालिका र बजार व्यवस्थापन समितिले यस अभियानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। वडा नं ८ का अध्यक्ष देवनारायण महतो र चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्रकुमार महतोले बजार सुधार आफ्नो चुनावी एजेन्डा भएको बताउँदै स्थानीयको सहयोगबिना दीर्घकालीन व्यवस्थापन असम्भव हुने धारणा राखे।

प्रकाशित: Aug 12, 2025| 09:01 मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्