शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • रौतहटको ‘जन्मदिनलाई सतकर्ममा जोडौं’ अभियान राष्ट्रिय स्तरमा

रौतहटको ‘जन्मदिनलाई सतकर्ममा जोडौं’ अभियान राष्ट्रिय स्तरमा

 |  सोमबार, साउन २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन २६, २०८२

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका सिन्दुरेघारी चाँदीखोला छेउबाट सुरु भएको ‘जन्मदिनलाई सतकर्ममा जोडौं’ अभियान अन्तर्गतको वृक्षरोपण कार्यक्रम पछिल्ला दिनमा अन्तर्राष्ट्रिय स्तरमा विस्तार भएको छ। 

National life

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले आज पशुपतिनाथ भण्डारखालमा वृक्षरोपण गर्दै आफ्नो जन्मदिन मनाएको बताएका छन् ।

अभियानलाई एक्यवद्धता जनाउन अन्तर्राष्ट्रिय स्तरकी वाचिका देवी प्रतिभाले समेत वृक्षरोपण स्थलमै पुगेर बिरुवा रोपिन्। तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजना गरिएको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सुमित्रा अमात्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल, नेपाल वार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी लगायत विभिन्न मन्त्रालयका सचिव, महानिर्देशक, सहसचिव तथा उच्च पदस्थ अधिकारीहरू सहभागी भए।

सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ कलाकार तुलसी घिमिरे, जितु नेपाल, अभिनेता विजय बराल, गायक थानेश्वर गौतम, गायिका एलिना चौहान लगायतका कलाकार, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा सयौँ सहभागीहरूले श्रावणको अन्तिम सोमबार वृक्षरोपण गर्दै वातावरण संरक्षणको सन्देश दिए।

अभियानका आयोजक बरिष्ठ पत्रकार गोविन्द चौलागाईंले सहभागिता जनाउने सबैप्रति धन्यवाद ज्ञापन गर्दै अभियान निरन्तर जारी रहने बताएका छन्।

Laxmi sunrise bank
kumari

नेपाल पत्रकार महासंघका नेता चौलागाईंले न्युज कारखानासँग कुरा गर्दै जन्मदिनलाई सत्कर्मबाट जोडौँ अभियान गतबर्ष रौतहटबाट सुरु गरेका थिए। लाखौ रुपैयाँ खर्चेर होटल रेस्टुराँमा जन्मदिन मनाउने नाउँमा रक्सी बियर पार्टी गर्नुभन्दा आफ्नो जन्मदिनको अवसरमा एउटा बिरुवा रोप्दा पर्यावरणमा सुधार ल्याउन मद्दत पुग्नुका साथै आजीवन सम्झना रहने उनको भनाई रहेको छ।
 

प्रकाशित: Aug 11, 2025| 17:51 सोमबार, साउन २६, २०८२
प्रतिक्रिया दिनुहोस्