NadaNada
सोमबार, भदौ २, २०८२

मदन स्मृति उद्यानमा वृक्षारोपण

 |  आइतबार, साउन २५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०८२

vianetvianet

काठमाडौं । गाईजात्रा पर्वको अवसरमा आज काठमाडौंको चन्द्रागिरि  नगरपालिकास्थित मदन स्मृति उद्यानमा वृक्षारोपण गरिएको छ। क्याम्ब्रिज इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुल तथा कलेजको पहलमा सो उद्यानमा करिब पाँच सय बिरुवा रोपिएको हो । 

जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई ध्यानमा राख्दै सामाजिक र वातावरणीय उत्तरदायित्व निर्वाह गरी वृक्षारोपण गरिएको विद्यालयका संस्थापक प्राचार्य तथा क्याम्पस प्रमुख केशवबहादुर पुनले जानकारी दिए। उनले उक्त कार्यलाई सामुदायिक सहयोगको उत्तम नमूना भएको बताए।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष केशव लोचन शर्मा, रोटरी क्लब अफ काठमाडौं कलङ्कीका डा सुलोचना सिग्देल र काठमाडौं युरेका लियो क्लबका अध्यक्ष निर्मलराज शाहीलगायतको सहभागिता रहेको थियो । वन विभागअन्तर्गतको बीउबिजन प्रयोगशाला, चालनाखेलले बिरुवा उपलब्ध गराएका हुन्।

बिरुवा ढुवानी, औजार तथा अन्य व्यवस्थापन क्याम्ब्रिज स्कुलले गरेको हो । सो कार्यमा चन्द्रागिरी–१३ तथा स्थानीय प्रहरी बीटले समेत सहयोग गरेको थियो। 
 

प्रकाशित: Aug 10, 2025| 21:46 आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्