शुक्रबार, भदौ १२, २०८३

महाकालीमा दुई बालिका बेपत्ता

 |  आइतबार, साउन २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०८२

कञ्चनपुर। कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरी नजिक महाकाली नदीमा दुई बालिका बेपत्ता भएका छन्। नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन्। 

'महाकालीमा नुहाउने क्रममा बेपत्ता भएका बालिकाको खोजी कार्य जारी छ', उनले भने। खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ। स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका समेत नुहाइरहेका थिए। जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन्।

प्रकाशित: Aug 10, 2025| 19:04 आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्