शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोले सुपर न्यादी जलविद्युत् आयोजनाका एक कामदारको मृत्यु, तीन घाइते

पहिरोले सुपर न्यादी जलविद्युत् आयोजनाका एक कामदारको मृत्यु, तीन घाइते

 |  शनिबार, साउन २४, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०८२

लमजुङ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको पहिरोले पुरिएर मृत्यु भएको छ। त्यस्तै, तीन जना घाइते भएका छन्।

National life

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो।

दोर्दी गाउँपालिका–५ का २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३५ वर्षीय प्रितम लामा र प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६ का २५ वर्षीय विकास विष्ट घाइते भएका उहाँले जानकारी दिए। घाइतेहरूको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ।

आयोजनाको काम गरेर क्याम्पमा खाना खाने क्रममा पहिरो आएको जनाउँदै प्रहरी नायब उपरीक्षक बोहोराले भाग्ने क्रममा सो पहिरोमा परी एकको मृत्यु र तीन जना घाइते भएका बताए। उनका अनुसार सो क्याम्पमा करिब ४० जना कामदार बस्दै आएकामा पहिरो आएपछि भाग्ने क्रममा चार जना पहिरोमा परेका हुन्।

अन्य ३६ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ। यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 09, 2025| 20:29 शनिबार, साउन २४, २०८२
प्रतिक्रिया दिनुहोस्