शनिबार, साउन २४, २०८२

आज दिउँसो कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

 |  शनिबार, साउन २४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०८२

vianetvianet

काठमाडौं- मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराइ भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू–भाग र मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित: Aug 09, 2025| 08:38 शनिबार, साउन २४, २०८२
प्रतिक्रिया दिनुहोस्