बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मुस्ताङमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवक बेपत्ता

मुस्ताङमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवक बेपत्ता

 |  शनिबार, साउन २४, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन २४, २०८२

मुस्ताङ- मुस्ताङमा जंगलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन्। बागलुङको जिल्ला निसी खोला गाउँपालिका– ६ घर भई हाल मुस्ताङको घरपझोङ– ५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा विगत ६ महिनादेखि कार्यरत अन्दाजी २३ वर्षीय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यायल मुस्ताङले जनाएको छ।

National life

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार श्रीमतीसहित पाँच जनाको समूह कोभाङ फेदी जंगलमा च्याउ टिप्न जाने क्रममा सोही स्थानमा रहेको धुम्बा खोला तर्ने क्रममा अचानक खोलाको पानीको बाहव बढ्न गई विकलाई खोलाले बेपत्ता बनाएको हो।

त्यहाँको धुम्बा खोलाले युवालाई बगाउँदा बेपत्ता भएको खबर सोही स्थानमा बस्ने डिल्लीजंग गुरुङले जिल्ला प्रहरी मुस्ताङलाई खबर दिएका थिए।

धुम्बा खोलाले बगाउँदा युवा बेपत्ता भएको प्रहरी कार्यालयमा खबर गरिएलगत्तै मुस्ताङका प्रहरी प्रमुख छिरिङ किप्पा लामाको कमाण्डमा ८ जनाको प्रहरी टोली र सहायक प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएर बेपत्ता युवाको खोजतलास कार्य जारी राखेको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए।

खोलाले बगाएको उक्त स्थान जिप्रका मुस्ताङबाट करिब सात किमी पश्चिम पूर्वमा पर्ने प्रहरीले जनाएको छ। घटनाबारे थप विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 09, 2025| 08:27 शनिबार, साउन २४, २०८२
प्रतिक्रिया दिनुहोस्