जनकपुर । जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
शुक्रबार साँझ पौने ६ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वपुर नगरपालिका–४ लच्का नजिकै बस दुर्घटना भएको हो।
जनकपुरबाट मलंगवातर्फ जाँदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।