शनिबार, कात्तिक २९, २०८२

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

 |  शुक्रबार, साउन २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०८२

National life
Laxmi sunrise bank
kumari

त्रिवेणी (रुकुमपश्चिम) । त्रिवेणी गाउँपालिका–४ खुम्चेरीको भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। 

आज दिउँसो त्रिवेणी गाउँपालिका–३ र ६ मा पर्ने झुल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको लुप्र०१—००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो। 

दुर्घटनामा परी मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका–५ का २८ वर्षीय बुद्धिमान खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। उनका अनुसार ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो।

प्रकाशित: Aug 08, 2025| 21:02 शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्