बुधबार, असार ३, २०८३

पहिरोले घर भत्किंदा एक परिवार विस्थापित, १२ घर जोखिममा

 |  शुक्रबार, साउन २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०८२

सुनसरी- तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्‍याएको छभने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन्।

National life

राति करिब १:३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पु-याएको छ। भोटेले भने, “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो। बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो। हेर्दाहेर्दै घरको माथिल्लो भाग पुरियो र घर पूर्ण रूपमा क्षति भयो।”

स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए। घटनापछि तत्कालै घटनास्थल पुग्नुभएका धरान उपमहानगरपालिका–३ का वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माणलगायतका काम गरिने बताए।

उनका अनुसार सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा छन्। वडा कार्यालयले हाल क्षतिको विवरण सङ्कलन गरिरहेको उहाँले बताउनुभयो। गत वर्ष धरान–३ को सोही क्षेत्रमा पहिरो जाँदा बस्ती जोखिममा परेको थियो।

त्यसबेला वडाबाट रु पाँच लाख र नगरपालिकाबाट रु १४ लाख बजेट विनियोजन गरी पहिरो रोकथाम गरिएको थियो।

Shivam cement

प्रकाशित: Aug 08, 2025| 08:31 शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्