मंगलबार, पुस १५, २०८२

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

 |  शुक्रबार, साउन २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०८२

म्याग्दी- खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ।

National life

कूल रु १३ करोड ९९ लाख आठ हजार बजेट विनियोजन भएकामा रु १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ। डिभिजन प्रमुख झलकमोहन ओझाले खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी प्रदेशका ६७ मध्ये ६४ र सङ्घीय सशर्तका पाँच वटा योजना कार्यान्वयन भएको जानकारी दिP।

छब्बीस वटा स्रोत सुनिश्चितता भएका, २८ वटा क्रमागत र १८ वटा सालबसाली योजना थिए। खानेपानीका १७, सिँचाइ र नदी नियन्त्रणका छ÷छ वटा योजना, ऊर्जा र अध्ययन सर्वेक्षणको एक/एक वटा योजना सम्पन्न भएका छन्।

डिभिजनले सञ्चालन गरेका खानेपानी योजनाबाट एक हजार २८३ वटा धारा निर्माण भएकामा ९३१ वटा धारामा मिटर जडान गरेर खानेपानी वितरण भएको छ। तीन हजार ११९ मिटर मुख्य, १०६ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र २७७ वटा अन्य संरचना निर्माण भएको छ।

कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाबाट ५२ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा विस्तार र ७० हेक्टरमा स्तरोन्नति भएको छ। छ किलोमिटर पक्की नहर, छ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण भएको छ।

Laxmi sunrise bank
kumari

नदी नियन्त्रण योजनामार्फत बाढी र कटानको जोखिममा रहेका विभिन्न छ वटा योजनामार्फत ४० मिटर पक्की पर्खाल, २५० मिटर ग्याबियन पर्खाल भएको छ। रघुगङ्गा–१ बेगमा बेगमा ३०० थान ग्याबियन पर्खाल निर्माण गरेर पहिरो रोकथाम गरिएको जनाइएको छ।

नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० घरपरिवार लाभान्वित र २.५ हेक्टर जमिन उकास गरिएको कार्यालय प्रमुख ओझाले बताउनुभयो। यसैगरी ११४ घरमा जडान भएका सौर्य ऊर्जाको मर्मत गरिएको छ।

प्रकाशित: Aug 08, 2025| 07:51 शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्