शुक्रबार, भदौ १२, २०८३

धनगढीमा ३५ लाखबढीको अवैध सामान बरामद

 |  बिहीबार, साउन २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०८२

धनगढी। कैलालीको धनगढीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामानसहित एक जनालाई पक्राउ गरेको छ। ३५ लाख मूल्यबराबरको सामानसहित बालाजी फेन्सीको नामले परिचित राधागोविन्द सप्लायर्सका सञ्चालक अंकुश गुप्ता पक्राउ परेका हुन्।

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहका अनुसार गोदाममा छापा हानेर ३५ लाखभन्दा धेरै मूल्यको अवैध सामान बरामद गरिएको हो।

‘भन्सार छलेर भारतबाट सामान ल्याएको सूचनाको आधारमा हाम्रो टोली त्यहाँ पुगेको थियो,’ डीएसपी शाहले भने, ‘भन्सार छलीको लेडिज सुट, बच्चाको कपडासहित फेन्सी कपडा फेला परेपछि बरामद गरिएको छ।’

 

 

प्रकाशित: Aug 07, 2025| 21:51 बिहीबार, साउन २२, २०८२
प्रतिक्रिया दिनुहोस्