मंगलबार, पुस १५, २०८२

नाम्खाको लिमीमा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै

 |  शुक्रबार, साउन २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०८२

सिमकोट- हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै बस्तीमा बर्सेनि खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ। बसाइँसराइ गरी तराई जानुका साथै छिमेकीमुलुक चीनको ताक्लाकोटमा काम गर्न जाने याुवा बढेपछि जनशक्तिको अभावका कारण खेतीयोग्य जमिन बाँझिन थालेको हो।

National life

तिलगाउँका वडा सदस्य पेन्पातुण्डुप लामाका अनुसार बर्सेनि खेतीयोग्य जमिन बाँझो हुने क्रम बढिरहेको छ। उनले बस्तीका स्थानीयले छोडेर काठमाडौँ गएपछि यहाँको जमिन बाँझिएको भन्दै केही स्थानीय चीनको ताक्लाकोट गएर काम गर्ने भएकाले गाउँमा खेती हुन छोडेको बताए। उनका अनुसार तिलगाउँमा मात्र ३० हल जग्गा खेती गर्न छोडिएपछि बाँझिएको छ।

जाङगाउँको सबै जग्गा बाँझिएको स्थानीय कुञ्जोक तामाङले बताए । “यतिबेला उवाबाली फलेको देखिनुपर्ने जाङगाउँको खेतीयोग्य जमिन सबै बाँझो भएर झारपात मात्र उम्रिएको छ। गाउँमा ७० हलभन्दा बढी खेतीयोग्य जग्गा बाँझो छ”, उनले भने।

‎सबैभन्दा बढी घरधुरी रहेको हल्जीगाउँमा पनि जग्गा बाँझिने क्रम बढिरहेको स्थानीय कोनुर्बु तामाङले बताए। यसैवर्ष हल्जीगाउँ छोड्नु भएका दुई घरधुरी र अरू ताक्लाकोट काम गर्न गएका स्थानीयको जग्गा सबै बाँझो रहेको उनको भनाइ छ। “जग्गाको उत्पादनले छ महिना खाना नपुग्ने भएपछि खेतीपाती छाडेर अन्यत्र काम गर्न जानुपर्ने बाध्यता छ”, उनले भने। उनका अनुसार हल्जीगाउँमा पहिलो पटक जग्गा बाँझो भएको हो।

नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङ यहाँको खेतीयोग्य जमिन बाँझो रहनु भनेको लिमी विस्तारै मानिसविहीन हुँदै जानुको अवस्था सृजना भएको बताए। स्थानीय, प्रदेश र सङ्घ सरकारले स्थानीयलाई आधारभूत आवश्यकतासहित रोजगारी सृजना गरी गाउँ सुनसान हुनबाट बचाउनुपर्नेमा उनले जोड दिए। लिमीका केही बस्ती मात्र नभएर सिङ्गो वडाका लागि जग्गा बाँझो हुँदै जानु दुःखद् पक्ष भएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 08, 2025| 07:01 शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्