मंगलबार, पुस १५, २०८२

विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

 |  बिहीबार, साउन २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०८२

तनहुँ- विश्व बैंकबाट अनुदान प्राप्त यहाँका व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ भएको छ। सहरी विकास मन्त्रालयको सहरी साशकिय तथा पूर्वाधार विकास कार्यक्रममार्फत सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको हो।

National life

चालु आर्थिक वर्षको पुस महिनाभित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन गरिएको छ। व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा-लामागाउँ स्तरोन्नति भइरहेका छन्।

ती सडक अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सम्झौता भएको थियो। व्यासका वडा नम्बर ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माणका लागि खुलेको ट्रयाकमा स्तरोन्नति भइरहेको नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले  बताए।

निर्धारित पुस महिनासम्ममा काम पूरा गर्न नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको छ। बुल्दीखोला-बेलटारी-फराकचौर-अधेरीभञ्ज्याङ-कुमालगाउँ-समता स्कुल-कलेस्ती जोडिने सो सडक खण्डमा १०.५५ किलोमिटर दूरी कालोपत्र हुनेछ।

उक्त सडकको हालसम्म १८.२९ प्रतिशत मात्र काम भएको छ। वि.सं. २०८२ असारसम्म सम्पन्न गर्ने गरी काम अघि बढाइएकोमा काम पूरा नभएपछि ६ महिना म्याद थप भएको व्यास नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर डा. राजु पौडेल बताउँछन्।

Laxmi sunrise bank
kumari

सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार ९ सय २१ रुपैयाँमा निर्माण कम्पनी बिकेएचटीडीसीएल एसीपीएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो। त्यसैगरी दुलेगौंडा-लामागाउँ सडकखण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको छ।

अबको ६१ दिनमा काम पूरा गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए। यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले वि.सं. २०८० चैत २५ गते सम्झौता गरेको थियो।

मोटरमार्ग ७.१ किलोमिटर दूरी कालोपत्र गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको भनाइ छ। लामादेका अनुसार उक्त ठेक्काको रकम २७ करोड ३४ लाख ७९ हजार आठसय ३४ रुपैयाँ रहेको हो।

शुक्लागण्डकी-४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी ८, ९ र १२ वडालाई जोड्नेछ। दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ। रासस

प्रकाशित: Aug 07, 2025| 13:31 बिहीबार, साउन २२, २०८२
प्रतिक्रिया दिनुहोस्