मंगलबार, पुस १५, २०८२

दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

 |  बिहीबार, साउन २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०८२

पर्सा- यहाँको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ।

National life

विगत १५ वर्षदेखि चन्दा संकलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन। दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले धर्मशालामा एक हजार बढी भक्तजन बस्न मिल्ने भए पनि आधारभूत पूर्वाधार तयार भई नसकेको बताए।

“हामीले चन्दा संकलन गरेर जेनतेन धर्मशालामा दुई तले ढलान गरेका छौँ”, उनले भने, “धर्मशालाका लागि आवश्यक झ्याल, ढोका, शौचालय, प्लाष्टरलगायतका संरचना अहिलेसम्म अधुरै छ।” राष्ट्रिय निकुञ्जभित्र भएकाले अत्यावश्यक संरचना निर्माण गर्न विभिन्न प्रक्रियागत झन्झटले थप समस्या हुने गरेको उनको भनाइ छ।

दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेलले हालसम्म चन्दा संकलन गरेरै धर्मशाला निर्माणमा करिब रु एक करोड ५० लाख भन्दा धेरै रकम खर्च भएको बताए। “धर्मशाला निर्माणमा सरकारी निकायबाट सहयोग पाएका छैनौँ”, उनले भने, “पर्सामा केही समयअघिसम्म संघीय र प्रदेशका पाँच जना मन्त्री भए पनि यहाँको चर्चित धार्मिकस्थलको लागि आवश्यक बजेट प्राप्त भएको छैन।” अध्यक्ष पटेलले धर्मशाला निर्माण सम्पन्न गर्न अझै करिब रु दुई करोड लाग्ने बताए।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलभित्र चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर छ। मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ। यहाँ आउने दशनार्थीमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत स्वदेशी हुने गर्छन्।

Laxmi sunrise bank
kumari

राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जंगली जनावरको जोखिम हुने भएकाले बेलुका ७:०० बजेपछि मन्दिर जाने सडक बन्द गरिन्छ। बिहान ६:०० बजेपछि सडक खुलाउने गरिन्छ। अन्य सिजनमा यहाँ जान रोक लगाइने गरिन्छ।

प्रकाशित: Aug 07, 2025| 10:38 बिहीबार, साउन २२, २०८२
प्रतिक्रिया दिनुहोस्