मंगलबार, पुस १५, २०८२

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन

 |  बिहीबार, साउन २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०८२

काठमाडौं- नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा निधन भएको छ।

National life

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा बुधबार निधन भएको हो। उनलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारी कञ्चनपुरबाट प्रकाशन हुने जनमानस साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक थिए। उनले कञ्चनपुर क्षेत्रको पत्रकारिता विकासमा उल्लेखनीय योगदान दिएका छन्। स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा छन्।

प्रकाशित: Aug 07, 2025| 08:19 बिहीबार, साउन २२, २०८२
प्रतिक्रिया दिनुहोस्