मंगलबार, पुस १५, २०८२

दिउँसै जंगली हात्ती गाउँ पस्न थालेपछि लालझाडीमा त्रास

 |  बुधबार, साउन २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०८२

कञ्चनपुर- लालझाडी गाउँपालिका ४ स्थित जाईपर्सिया गाउँमा दिउँसै जंगली हात्ती देखिन थालेपछि स्थानीय बासिन्दा त्रासमा छन्।

National life

मंगलबार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखिएको हो। हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भगाएका थिए। हात्ती पुनः बस्तीमा फर्कने डर कायमै रहेको स्थानीय लक्ष्मण रानाले बताए।

‘हात्तीले प्रत्येक वर्ष बाली नष्ट गर्छ, गत वर्ष एक जनाको ज्यानसमेत लिएको थियो’, उनले भने, ‘हामी त्रसित छौँ, हात्ती नियन्त्रणमा लिन सम्बन्धित निकायसँग माग गरिरहेका छौँ।’

जाई–पर्सिया गाउँमा प्रत्येक वर्ष जंगली हात्ती प्रवेश गर्ने, किसानको बालीमा क्षति पुर् याउने र जनधनको क्षति पुर्‍याउने काम गर्दै आएको छ। हात्ती लालझाडी संरक्षण क्षेत्र हुँदै जाई र पर्सिया गाउँ पसेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए।

लालझाडी सब डिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले लालझाडी संरक्षण क्षेत्रमा पाँच जंगली हात्ती रहेको जानकारी दिए। उनका अनुसार हात्ती बस्ती हुँदै निकुञ्जतर्फ आउजाउ गर्ने गरेको छ। हात्ती बस्तीतर्फ जुनसुकै वेला पनि आउन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 06, 2025| 10:01 बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्