मंगलबार, पुस १५, २०८२

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

 |  बुधबार, साउन २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०८२

National life
Laxmi sunrise bank
kumari

बैतडी- अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन्। जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिए।

प्रकाशित: Aug 06, 2025| 08:26 बुधबार, साउन २१, २०८२
प्रतिक्रिया दिनुहोस्