शनिबार, कात्तिक २९, २०८२

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक

 |  मंगलबार, साउन २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०८२

काठमाडौं । खाद्य प्रविधि गुण नियन्त्रण विभागले मापदण्डविपरीतका मास तथा मसुरोको दाल आयातमा रोक लगाइएको जनाएको छ।

National life

न्यू श्री बेटल ट्रेडर्स, कञ्चनपुर, भीमदत्तले भारतबाट पैठारीको लागि धनगढी भन्सार नाकामा ल्याएको दुई हजार ९२० किलोग्राम मसुरोको दाल र दुई हजार २५० किलोग्राम मासको दाल विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, धनगढीले परीक्षण गरेको थियो। परीक्षण गर्दा मसुरोको दालमा किराले क्षति पुर्‍याएको दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।

मासको दालमा बाह्य रङको उपस्थिति पाइएको पनि उहाँले सुनाए। दुवै दाल आयात गर्न नमिल्ने भनी धनगढी भन्सार कार्यालयलाई प्रतिवेदन पठाइएको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा परिभाषित खाद्य पदार्थ पैठारी गर्न अनिवार्य रूपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर गर्नुपर्ने व्यवस्था छ।

उपदफा (२) बमोजिम पैठारीका लागि स्वीकृति प्राप्त गरी प्रवेश नाकामा ल्याइएका खाद्य पदार्थ नेपालभित्र पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुपर्ने नियम छ। खाद्य पदार्थ पैठारी गर्ने खाद्य व्यवसायीलाई विभागले आज विज्ञप्तिमार्फत जानकारी पनि गराइएको छ। नियमले तोकेअनुसार नगरेको पाइएमा ऐनबमोजिम कारबाही हुने पनि विभागले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 05, 2025| 21:57 मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्