शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

 |  मंगलबार, साउन २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०८२

काठमाडौं। लागुऔषध नियन्त्रण ब्यूरोले सात किलोग्राम ८०० ग्राम सेतो हेरोइनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

National life

ब्यूरोको टोलीले लाओसबाट बंैकक हुँदै काठमाडौं आएका भारत उत्तर प्रदेश, जैनपुरका ३५ वर्षीय फिरोज अहमद र सोही स्थानबाट आएका भारतको इरोद, तालिमनाडुका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

अहमदलाई साउन १७ र भेललाई साउन १८ गते पक्राउ गरिएको ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए। प्रहरीले निजहरूको साथबाट सात किलोग्राम ८०० ग्राम सेतो हेरोइन बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारबाही अगाडि बढाइएको सहप्रवक्ता निरौलाले बताए। निजहरूलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 05, 2025| 21:24 मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्