मंगलबार, पुस १५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

 |  मंगलबार, साउन २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ। 

 जल तथा मौसम विज्ञान विभाग अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहने छ। कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति देशभर अधिकांश बदली रहनुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकोछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: Aug 05, 2025| 07:54 मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्