शनिबार, कात्तिक २९, २०८२

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

 |  सोमबार, साउन १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२

दमौली। जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्। यस्तै जिपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।

National life

यहाँको बन्दीपुर गाउँपालिका–१ सिम्ले घुम्तीमा आज बन्दीपुर गाउँपालिका–३ आहाले बस्ने ३८ वर्षीय रुपलाल भुजेल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बन्दीपुर डुम्रे सडकखण्डबाट करिब १५ मिटर तल बारीमा भुजेलको शव भेटिएको हो।

यस्तै, भानु नगरपालिका–९ काउरेटार बस्ने १७ वर्षीया रमा कुमाल आज मृतावस्थामा भेटिएकी छन्। आइतबार राति शौचालय जान्छु भनी घरबाट निस्किएकी उहाँको शव पालुङटार नगरपालिका–९ स्थित मस्र्याङ्दी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ।

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज दिउँसो बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ बस्ने ६६ वर्षीया निरमाया थापा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

Laxmi sunrise bank
kumari

दमौलीबाट थर्पुतर्फ जाँदै गरेको बा १३ च ६७७८ नं को जिपले ठक्करले घाइते भएपछि उहाँलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। जिप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 04, 2025| 21:48 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्