शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

 |  सोमबार, साउन १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२

कास्की । कार्यवाहक प्रधानमन्त्री एव शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानअनुसार सङ्घीयता कार्यान्वयनमा जोड दिएका छन्।

National life

आज पोखरामा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले भने, 'ठूला योजना सङ्घले, मध्यम योजना प्रदेश र साना योजना स्थानीय सरकारले बनाउने हो। तर सो अनुसार अहिले कार्यान्वयन हुन सकिरहेको छैन।'

उनले आगामी दिनमा सङ्घीयताको अभ्यास हुँदै जाँदा व्यावहारिक रुपमै कार्यान्वयन हुने विश्वास व्यक्त गरे।

मन्त्री सिंहले विकास निर्माणका काम सम्झौताअनुरुप समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। सरकारले भौतिक निर्माणलाई समयमै सम्पन्न गर्न कडाइका साथ काम गरिरहेको उल्लेख गरे। मन्त्री सिंहले संविधानले परिकल्पना गरेअनुसार अधिकारहरु प्रदेश र स्थानीय तहमा पुर्‍याउन नसकेको स्वीकार गरे।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उस्तै योजना कार्यान्वयन गर्दा सङ्घीयताको मर्मविपरीत भएको बताए।

Laxmi sunrise bank
kumari

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सङ्घीय सरकारले निर्माण गरेका पूर्वाधारहरुको पनि महानगरबाट पूरा गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिए। नवनिर्मित सो कार्यालयको भवन रु चार करोड १७ लाख ३३ हजार ६८६ मा निर्माण गरिएको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख (सिडिई) सुनिता श्रेष्ठले जानकारी दिए।

भवन निर्माणको जिम्मा सूर्य कन्स्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो। सो कम्पनीले तोकिएको मितिभन्दा अगावै भवन निर्माण गरेको हो।

प्रकाशित: Aug 04, 2025| 20:58 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्