शनिबार, कात्तिक २९, २०८२

हलेसी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

 |  सोमबार, साउन १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२

खोटाङ । यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माईक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ।

National life

त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर आज बिहान सिरहाको गोलबजारतर्फ फर्किँदै गरेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माईक्रोबस अनियन्त्रित भइ सडकदेखि करिब २०० मिटर तल खस्दा एक जनाको मृत्यु र १७ जना घाइते भएका थिए।

दुर्घटनामा परी सिरहा नराह गाउँपालिका–५ निवासी २८ वर्षीया ममतादेवी यादवको मृत्यु भएको हो। दुर्घटनाग्रस्त माईक्रोबसभित्रै च्यापिनु भएका ममतादेवीलाई उपचारका लागि उदयपुरको कटारी अस्पताल पु-याइएकामा अस्पतालले मृत घोषणा गरेको हो।

घाइते हुनेमा सोही स्थानका ७० वर्षीय राजु यादव, ४९ वर्षीया सरितादेवी ठाकुर, ३२ वर्षीया सविताकुमारी यादव, ४० वर्षीया मिथिलाकुमारी यादव, ३० वर्षीयाा पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा, ३२ वर्षीय नदिन शर्मा, झालुदेवी यादव र सोही गाउँपालिकाको वडा नं. २ चन्द्र अयोध्यापुरका ५७ वर्षीय धनेश्वर यादव तथा धनुषा जिल्ला सबेला नगरपालिका–४ पटेर्वा निवासी ७९ वर्षीय दुर्योधन यादव रहेका छन्। उनीहरू सबैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

दुर्घटनाका सामान्य घाइतेहरुको उदयपुर घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा प्राथमिक उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ। माइक्रोबसका चालक सिरहा नगरपालिका–३ सारसोरका २८ वर्षीय रामनाथ साह फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 04, 2025| 18:47 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्