मंगलबार, पुस १५, २०८२

जंगली जनावरको आतंकले खेतबारीमै बास

 |  सोमबार, साउन १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०८२

बैतडी- जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ।

National life

बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन्। जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा क्षति पुर्‍याउने गरेको छ। दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकैबाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताए। मकैबाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उनको भनाइ छ।

उनले भने, “रातदिन जाग्राम बस्दासमेत मकैबाली जोगाउन मुस्किल भएको छ। खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकैबाली जोगाउन सकिएको छैन।”

भर्खरै घोगा लाग्न लागेको मकैबाली बँदेलले नष्ट गर्न थालेपछि किसानहरुमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले बताए।

बैतडी मकै उत्पादन हुने जिल्ला भएकाले यहाँको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ।

Laxmi sunrise bank
kumari

ती स्थानीय तहमा किसानलाई मकैबाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताए। हरेक वर्ष मकैबालीमा जङ्गली जनावरले क्षति पुर्‍याउने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का किसान रामदत्त भट्टले बताए। उनले भने, “मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ। रातभरि जाग्राम बस्दासमेत मकैबाली जोगाउन धौ–धौ परेको छ। हरेक वर्ष मकैबाली जोगाउन दुई महिना अनिदो बस्नुपर्छ।”

बैतडीमा १२ हजार एक सय हेक्टरमा मकैखेती गरिन्छ। जङ्गली जनावरकै कारण मकैखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। कतिपयले खेत बाँझै राखेका छन्।

प्रकाशित: Aug 04, 2025| 09:31 सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्