बिहीबार, असोज ८, २०८३

मधेसमा मनसुन सक्रिय, तर पर्याप्त वर्षा छैन

 |  आइतबार, साउन १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०८२

मधेस- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरिरहेको छ। यही कारणले केही स्थानमा हल्कादेखि मध्यम वर्षामापन गरिएको छ। तर यो प्रणाली लामो समय भारततर्फ सक्रिय रहेको हुँदा मधेसमा सुख्खा रहेको विभागले जनाएको छ।

विभागको विगत २४ घण्टामा मधेसका विभिन्न स्थानमा हल्कादेखि मध्यम मात्राको वर्षा मापन गरिएको छ। विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सिरहामा ९९.४ मिलिमिटर, सप्तरीको बरमझियामा ९१।८ मिलिमिटर, लहानमा ७७.२ मिलिमिटर, धनुषाको हर्दिनाथमा ४७ मिलिमिटर, चिसापानीमा ६८.२ मिलिमिटर, सिरहाको गोलबजारमा ५२.२ मिलिमिटर, महोत्तरीको गौशालामा ५७.६ मिलिमिटर, धनुषाको तुलसीमा ४७.६ मिलिमिटर तथा सर्लाहीमा ४८ मिलिमिटर वर्षा भएको छ। बारा, पर्सा र रौतहटमा भने केवल हल्का वर्षा मात्र मापन गरिएको छ।

सिरहा लगायतका तराई जिल्लामा बाँकी खेतमा रोपाइँ सम्पन्न गर्न अझै केही दिन निरन्तर पानी पर्ने आवश्यकता देखिएको छ। किसान, कृषि कार्यालय र मौसम विभाग सबैको नजर अब आसन्न दिनको मौसममा टिकेको छ। रासस

प्रकाशित: Aug 03, 2025| 13:39 आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्