बिहीबार, असार ४, २०८३

तीन दिनदेखि एक महिला बेपत्ता

 |  आइतबार, साउन १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०८२
National life
Shivam cement

बैतडी- सिगास गाउँपालिका घर भएकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा सिगास–४ सिराडीकी २७ वर्षीया भागरथी साउँद  रहेकी छिन्। 

यही साउन १५ गते राति नगद र लत्ताकपडासहित घरबाट निस्किएकी उनी हालसम्म सम्पर्कमा नआएको भागरथीका भतिजा चन्द्रसिँह साउँदले जानकारी दिए। भागरथीका श्रीमान रोजगारीको सिलसिलामा हाल भारतमा रहेका छन्।  

भागरथी बेपत्ता भएको बारेमा उनको परिवारले स्थानीय प्रहरीलाई खबर गरेको छ। प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रकाशित: Aug 03, 2025| 07:37 आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्