शुक्रबार, भदौ १२, २०८३

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

 |  शनिबार, साउन १७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०८२

दमौली । यहाँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ।

विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आज आगो लागेको र त्यसबाट आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर क्षति भएको

शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिए।

आज दिउँसो क्यान्टिनमा खाजा खाने समयमा भण्डार कोठाको झ्यालबाट धुँवा देखिएपछि शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीको सहकार्यमा अग्निनियन्त्रक प्रयोग गरी आगो निभाइएको उनले बताए।

प्रकाशित: Aug 02, 2025| 21:11 शनिबार, साउन १७, २०८२
प्रतिक्रिया दिनुहोस्