काठमाडौं । रोल्पामा सहिद राजमार्ग अवरुद्ध भएको छ। परिवर्तन गाउँपालिका–५, सागुरोखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
शनिबार (साउन १७) बेलुका करिब १८:३५ बजे उक्त स्थानमा पहिरो खसेको हो। पहिरोका कारण घोराही–रुकुम सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।