बिहीबार, असोज ८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पुर्‍याउने

लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पुर्‍याउने

 |  शुक्रबार, साउन १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०८२

सिरहा- लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पुर्‍याउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। 

नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएको बताए। नगर प्रमुख चौधरीले भने, 'हामीले २०३० सम्म २४ वटै वडामा पानी पुर्‍याउने योजना बनाएका छौँ।'

योजनाअनुसार प्रारम्भिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिनेछ भने आगामी वर्षभित्र वडा नम्बर ११, १२, १८ र २० मा योजना विस्तार गरिनेछ।

नगरका चारसय दलित तथा विपन्न परिवारलाई निःशुल्क धारा जडान गरिनेछ जनाइएको छ। खानेपानीसँगै लहानलाई खुला दिसामुक्त क्षेत्र सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरिएको छ।

आगामी वर्षभित्र तीन हजार शौचालय निर्माण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए। रासस

प्रकाशित: Aug 01, 2025| 13:26 शुक्रबार, साउन १६, २०८२
प्रतिक्रिया दिनुहोस्