मंगलबार, पुस १५, २०८२

गुल्मीका २२ हजारभन्दा बढी नागरिक बाढीपहिरोको उच्च जोखिममा

 |  बिहीबार, साउन १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

गुल्मी- वर्षायाम सुरू भएसँगै पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ। त्यसैअन्तर्गत गुल्मी पनि पहिरोको उच्च जोखिममा छ।

National life

जिल्लामा गतवर्ष मात्रै मालिका गाउँपालिका-६ अर्जैमा एकैपरिवारका पाँच, मुसिकोटमा पनि एकै परिवारका चार जनाको पहिरोबाट मृत्यु भयो। त्यसैगरी, विसं २०७६ मा पहिरोबाटै सत्यवतीमा १३ जनाको मृत्यु भयो भने सयौँ नागरिक विस्थापित भए। उनीहरूको पुनःस्थापनाको काम अझै सकिएको छैन।

यसवर्ष पनि यहाँका नागरिक बाढीपहिरोको उच्च जोखिममा छन्। जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा यसवर्ष २२ हजार ४ सय नागरिक बाढीपहिरोको जोखिममा छन्। सबैभन्दा धेरै मुसिकोट नगरपालिकाका १० स्थानमा बाढी र १६ स्थानमा पहिरो गरी कुल २६ स्थानका नागरिक जोखिममा छन्। मुसिकोटको समुद्र, कालीरहलगायतका स्थान बडिगाढ नदीको बाढीको जोखिम छ।

त्यसैगरी, सिम्ले, तोलादी, दजाकोटलगायतका स्थान पहिरोको उच्च जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए। रेसुङ्गा नगरपालिका-३, ६, १० र १४, सत्यवतीको ठूलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा, अश्लेवा, मदानेको अग्लुङ, निपाने, रघवाफेदी, पैयापाटा, बाँझकटेरी, म्यालपोखरी, पुर्कोटदह, धुर्कोटको नयाँगाउँ, गोपे, रातामाटा, अजिमिरकोट लगायतका स्थान पहिरोको उच्च जोखिममा छन्।

यस्तै, छत्रकोटको कोटाग्दी, टुनिखर्क, चुरचुरे, बुटिल, मथुरे, हर्दिनेटा, रुरुक्षेत्रको रिमुवा, रिडी बजार, कालीगण्डकीको पूर्तिघाट, इस्माको अगारे, कँडेनी, हस्तिचौरलगायतका स्थान पहिरोको उच्च जोखिममा छन्।

Laxmi sunrise bank
kumari

विपद्को पूर्वतयारीका लागि जिल्लामा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए। पहिरो गइसकेपछि प्रभावित नागरिकलाई नजिकैको विद्यालय वा खाली चउरमा सार्ने गायतका तयारी गरिएको गैरेले जानकारी दिए। रासस

प्रकाशित: Jul 31, 2025| 09:01 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्