बुधबार, असोज १, २०८२

घर भत्किँदा किचिएर बालकको मृत्यु

 |  बुधबार, साउन १४, २०८२
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०८२

vianetvianet

बरहथवा । यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ।

Kumaribank

आज दिउँसो ४:३० बजेको समयमा नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किएको थियो। आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए।

प्रहरी टोली घटनास्थल पुगेको र प्रहरी, स्थानीय मिलेर जेसिबीको सहायतामा भत्किएको घरको भग्नावशेष हटाउने काम भइरहेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए।

काठ, इँटा र माटोले बनेको उक्त घर पुरानो भएर लडेको हुनसक्ने प्रहरीको अनुमान छ । मृत बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा लगिएको छ।

Metro Mart

प्रकाशित: Jul 30, 2025| 21:47 बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्