मंगलबार, पुस १५, २०८२

लहानमा मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

 |  बुधबार, साउन १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०८२

सिरहा- लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा परेका छन्।

National life

इलाका प्रशासन कार्यालयको नेतृत्वमा मङ्गलबार भएको संयुक्त अनुगमनमा चारवटा उद्योगलाई रु पाँच हजारका दरले जरिवाना गरिएको हो।

लहान–१ स्थित ‘सीता मिनीरल वाटर इन्डष्ट्री’ तथा ‘फ्रेण्डस इन्टरनेसनल नेपाल’, लहान–३ को ‘केबी एण्ड सन्स नेपाल’ र धनगढीमाई–१० को ‘केएल मिनीरल वाटर’लाई कारबाही गरिएको इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष रायले जानकारी दिए।

संयुक्त अनुगमन टोलीमा लहान नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए।

प्रकाशित: Jul 30, 2025| 11:49 बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्