शनिबार, कात्तिक २९, २०८२

नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

 |  मंगलबार, साउन १३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०८२

चितवन । वलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन्। एक जना आज बिहान र साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ।

National life

इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७:४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएकी हुन्। 'साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ', उनले भनिन्, 'बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ।'

बिहान पुलबाट हामफाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिइन्।

प्रकाशित: Jul 29, 2025| 21:37 मंगलबार, साउन १३, २०८२
प्रतिक्रिया दिनुहोस्